उखुको भुक्तानी नपाए किसानहरुले मङ्सिर २७ गतेदेखि राजधानीमा आन्दोलन गर्ने

उखुको भुक्तानी नपाए किसानहरुले मङ्सिर २७ गतेदेखि राजधानीमा आन्दोलन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आन्दोलनरत उखु किसानले आफूहरुले पाउनु पर्ने भुक्तानी दिलाइदिन आग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने जनाएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाइको टोलीले मन्त्री भट्टलाई भेट गरी स्मरणपत्र बुझाइएको थियो ।

किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिए । मन्त्री भट्टले भने,“उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा परिपत्र गरिनेछ, जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं ।”

छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई आन्दोलन गर्ने समितिको चेतावनी थियो ।

Skip This
Skip This
Logo