प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले प्राकृतिक स्रोतसाधनको दिगो उपयोग र उचित व्यवस्थापनका लागि सहज तथा व्यवहारिक कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्राकृतिक स्रोतको संरक्षणसँगै देशको समृद्धिका लागि यसको प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राखे। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबै राजनीतिक दल र सरोकारवालाहरू एकजुट हुनुपर्ने बताए।

अध्यक्ष राईले सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा प्रतिकूल असर पार्ने कुनै पनि सन्धि–सम्झौता खारेज गर्नुपर्ने माग पनि गरे। साथै, सीमाको सुरक्षाका लागि आवश्यक परेमा नेपाली सेना परिचालन गर्नुपर्ने र प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्नुपर्ने विषयमा आफ्नो पार्टीको समर्थन रहने उल्लेख गरे।

उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, साथै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि उठाए।

राईले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सेवामा सरकार अझ प्रभावकारी बन्नुपर्ने बताए। उनले एक पालिका एक उद्योग, एक घर एक रोजगारी जस्ता कार्यक्रममार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी उनले विद्यार्थी संगठनको भूमिका, ज्येष्ठ नागरिक भत्ता प्रणाली र घरबारविहीन नागरिकको व्यवस्थापनबारे पनि पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन्।

Skip This
Skip This
Logo