पछिल्लो समय पति पत्नीबीच सम्बन्ध विच्छेदका घटनाहरुमा बढोत्तरी भएको पाइएको छ । पति पत्नीमात्रै होइन् प्रेमि प्रेमिकाबीचको जोडी पनि खासै जमेको देखिदैन् ।
तपाइले सुन्नुभएका वा देख्नुभएको घटनाहरु यस्ता हुन सक्छन्, जुन बाहिर हेर्दा एकदमै सुमधुर सम्बन्ध भएजस्तो तर भित्र भित्रै मनमुटाव, आपसी असमझदारी भइरहेको हुन सक्छ । यो त विवाहित दम्पतिको कुरा भयो ।
प्रेमी—प्रेमिका पनि यो मामलामा अछुतो रहने कुरै हुन्न् । पछिल्लो पुस्तामा सामाजिक सञ्जालको बढ्दो प्रभावले पनि यस्ता घटनाहरु घटिरहेका छन् । प्रेम गर्ने, ठाकठुक पर्ने, ब्रेकअप हुने क्रम चलिरहेकै हुन्छ ।
प्रेममा किन ब्रेकअप हुन्छ ? अथवा प्रेममा किन धोका हुन्छ ? यसको जवाफ एक अर्थमा मात्रै पुष्टी गर्न सकिँदैन् । विश्वास रहेन भने प्रेम सम्बन्ध रहने कुरै आउँदैन् ।
सामान्यतया यी कारणले सम्बन्धमा फाटो आउँछः
बाहिरी आकर्षण
धोकाको पहिलो कारण भनेको आफ्नो प्रेमी प्रेमिका वा श्रीमान श्रीमती हुँदाहुँदै तेस्रो व्यक्तितर्फ आकषिर्त हुनु हो । मानिसलाई आफ्नो घरभन्दा बाहिर सम्वन्ध बढाउँदा रोमाञ्च र आनन्द मिल्छ । तर उनीहरु भुल्न पुग्छन् कि यस्तो सम्वन्ध अन्ततः घातक हुनेछ । मानिसहरु आफ्नो जीवनमा केही नयाँपन ल्याउने लालसामा घरबाहिर सम्वन्ध गाँस्न पुग्छन् ।
शारीरिक सम्वन्ध
शारीरिक सम्वन्ध पनि प्रेममा धोकाको एउटा ठूलो कारण हो । नयाँ व्यक्तिसँग सेक्सको चाहले पनि अक्सर पुरुष वा महिलाहरुलाई आफ्नो पार्टनरसँग धोकाका लागि उक्साउँछ । यस्ता व्यक्तिहरुमा असन्तोषको भावना हुन्छ जसले गर्दा उनीहरु घरभन्दा बाहिर सम्वन्ध गाँस्न पुग्छन् ।
घरभित्रको असन्तोष
कैयन मानिसहरुले धोका दिने एउटा अर्को कारण हो आफ्नो घरभित्र खुशी प्राप्त नहुनु । एक अनलाइन सर्भेक्षणमा ५५ प्रतिशत मानिसहरुले आफूहरु घरभित्रको सम्वन्धबाट खुशी नभएर बाहिर सम्वन्ध गाँस्न पुगेको बताएका छन् । यस्तो बताउनेमा ३५ प्रतिशत महिलाहरु पनि थिए ।
बदलाको भावना
कहिलेकाहीँ बदलाको भावनाले पनि ‘धोका’ लाई जन्माउँछ । आफूलाई विगतमा कुनै प्रकारको हानी र्पुयाएको व्यक्तिलाई बदला लिन खोज्नु मानवीय प्रवृत्ति नै हो । यस्तो अवस्थामा आफ्नो अहंकार सन्तुष्ट पार्नका लागि उसले धोकाको सहारा लिन्छ । उ आफ्नो प्रेमीरप्रेमिकासामु यो सावित गर्न चाहन्छ कि उसलाई चाहनेहरुको यो संसारमा कमि छैन ।





























प्रतिक्रिया