‘दिमाग घोच्ने मान्छे’ अब डीगो ओटीटीमार्फत संसारभर हेर्न सकिने

‘दिमाग घोच्ने मान्छे’ अब डीगो ओटीटीमार्फत संसारभर हेर्न सकिने

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व.उज्ज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डी गो ओटीटी प्लेटफर्ममा हेर्न सकिने भएको छ।

यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश उज्ज्वल थापा फाउन्डेसनलाई प्रदान गरिने निर्माता पक्षले घोषणा गरेको छ। यस पहलले उज्ज्वल थापाले सुरु गर्नुभएका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ।

दिमाग घोच्ने मान्छेले उज्ज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ। दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभवमार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत रहेको निर्माता पक्षले दाबी गरेको छ ।

नेपाल र विश्वभर रहेका दर्शकहरूले डी गो ओटीटी एप मार्फत यो वृत्तचित्र हेर्न सक्नेछन्। विभिन्न क्षेत्रका लागि शूल्क निम्नानुसार तय गरिएको निर्माता पक्षले जानकारी दिएको छ ।

नेपालका लागि १९९ रुपैयाँ तोकिएको छ भने अमेरिका र अष्ट्रेलियाका लागि ४.९९ अमेरिकी डलर र बाँकी विश्व भरका लागि २.९९ डलर तय गरिएको निर्माता पक्षले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo