गोरखा सहकारीका अध्यक्ष राईसहित ४ जना पक्राउ, अर्बौं हिनामिना !

गोरखा सहकारीका अध्यक्ष राईसहित ४ जना पक्राउ, अर्बौं हिनामिना !

केन्द्रबिन्दु
1.65k
Shares

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राई पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उपत्यकाको विभिन्न स्थानबाट अध्यक्ष राईसहित प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई पक्राउ परेका हुन् ।

१० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत थियो । तर ऋण र लगानी गरेर १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ प्रवाह गरेको देखिएको छ । बाँकी रकमको विवरण भने केही पनि भेटिएको छैन ।

३ हजार १०० भन्दा बढी बचतकर्ताले उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो ।

Skip This
Skip This
Logo