काठमाडौँ । सुर्खेतस्थित सामुदायिक वनको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम अनियमित रूपमा खर्च गरिएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आरोप अनुसार समितिका पदाधिकारीहरूले बिना निर्णय रकम खर्च गर्ने, नक्कली कागजात बनाएर भुक्तानी लिने, काठ बिक्रीबाट आएको रकम खातामा नजम्मा गर्ने लगायतका अनियमितता गरेका छन् ।
यस्तै, बिलबिना विभिन्न शीर्षकमा खर्च देखाएर रकम हिनामिना गरिएको र लेखापरीक्षणसम्बन्धी प्रक्रियासमेत उल्लंघन गरिएको अभियोगमा उल्लेख छ ।
अख्तियारले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउँदै थप अनुसन्धान अघि बढाएको जनाएको छ ।































प्रतिक्रिया