गृहमन्त्रीको एक्सन: काठमाडौंमा ‘गुण्डा क्लिनअप’ अपरेशन- रातारात १७ जना पक्राउ

गृहमन्त्रीको एक्सन: काठमाडौंमा ‘गुण्डा क्लिनअप’ अपरेशन- रातारात १७ जना पक्राउ

केन्द्रबिन्दु
7.42k
Shares

काठमाडौं। राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले आक्रामक अपरेशन चलाउँदै एकै रात १७ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यकामा सक्रिय गुण्डा समूहविरुद्ध प्रहरीले विशेष ‘क्लिनअप’ अभियान सञ्चालन गरेको हो। सोही क्रममा शुक्रबार राति ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट १७ जनालाई नियन्त्रणमा लिइएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकामध्ये अधिकांश काभ्रेली समूहसँग सम्बन्धित छन्। प्रहरीका एसएसपी सन्तोष खड्काले अपरेशनलाई लक्षित रूपमा सञ्चालन गरिएको र अझै थप पक्राउ पर्ने सम्भावना रहेको संकेत दिएका छन्।

पक्राउ पर्नेमा सञ्जि लामा, अशोक गिरी र ‘किमजोङ’ उपनामले चिनिने सुरेश गुरुङ रहेका छन्। गुरुङ कुख्यात गुन्डा नाइके श्याम लामा समूहसँग आबद्ध रहेको खुलेको छ। प्रहरीका अनुसार मुख्य नाइके श्याम लामा भने अझै फरार छन् र उनको खोजी तीव्र पारिएको छ।

राजधानीमा गुण्डागर्दी नियन्त्रण गर्न यो अपरेशनलाई कडा सन्देशका रूपमा हेरिएको छ। गृहमन्त्रीमा सुदन गुरुङ आएसंगै अपराध र अनियमितता गर्ने धमाधम पक्राउ परेका छन् ।

Skip This
Skip This
Logo