काठमाडौं। गृहमन्त्री सुधन गुरुङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै ‘हतकडी’ लगाएर राखिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा उनले “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” लेख्दै पुरानो शक्ति संरचनामाथि सिधा आक्रमण गरेका हुन् ।
उनको यो अभिव्यक्ति अहिले देशभरि चलिरहेको भ्रष्टाचारविरुद्धको आक्रामक कारबाहीसँग जोडिएको छ । गृहमन्त्रीकै सक्रियतामा प्रहरीले लामो समयदेखि थन्किएका ठूला फाइलहरू खोल्न थालेको छ भने प्रभावशाली राजनीतिक र व्यावसायिक पात्रहरू धमाधम पक्राउ पर्न थालेका छन् ।
गृहमन्त्री बनेकै सुरुवातमै उच्च तहका नेतामाथि कारबाही अघि बढाएर गुरुङले कसैलाईँ बाँकी नराख्ने संकेत दिएका छन्। यसले राजनीतिक वृत्त मात्र होइन, शक्ति केन्द्रहरूमा समेत तरंग सिर्जना गरेको छ ।
विगतमा दबाब र प्रभावका कारण अनुसन्धान रोकिएको गुनासोबीच गुरुङको पछिल्लो अभिव्यक्तिले ‘प्रहरी अब स्वतन्त्र’ भएको संकेत दिएको छ । अहिलेको कदमलाई धेरैले ‘पुरानो संरचनामाथिको ब्रेकथ्रु’ का रूपमा व्याख्या गर्न थालेका छन् ।































प्रतिक्रिया