काभ्रे
अरनिको राजमार्ग हुँदै सडक र ठुला ठुला भौतिक पुर्वाधारहरु निर्माणका लागि दैनिक २२ सय भन्दा धेरै सवारी साधन राजधानी प्रवेश गर्छन तर ति मध्ये टिपरहरु मात्रै दैनिक १ हजार भन्दा धेरै प्रवेश गर्छन् ।
निर्माण सामाग्री गिट्टी, बालुवा र ढुंगा बोकेर बार्षिक साँढे चार लाख टिप सामाग्री राजधानीमा निर्यात भएको हुने गरेको छ । गएको १ वर्ष यता काभ्रे जिल्लाबाट मात्रै १ लाख ९३ हजार टिप सामाग्री राजधानी निर्यात भएको छ । सिन्धुपाल्चोकबाट २ लाख १० हजार टिप, सिन्धुलीबाट २५ हजार टिप निर्माण सामाग्री निर्यात हुँदै आएको छ । बार्षिक ६ लाख टिप सामाग्री खपत हुने गरेको छ । ८ लाख ट्रक टिपर बापत राजधानीमा निर्माण सामाग्री निर्यात भईरहेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया