काठमाडौं
मनाङको प्रदेश ख बाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) आइतबारको सपथ कार्यक्रममा अनुपस्थित भएका छन् । प्रदेश ४ का प्रदेश सांसदहरुको आइतबार पोखरामा सपथ ग्रहणको कार्यक्रम थियो । पक्राउ पर्ने डरले उनी सपथ लिन नगएका हुन् । उनी ४ दिन यता भूमिगत छन् । सर्वोच्च अदालतले गत बुधबार मात्रै पुनरावेदन अदालतको गुन्डा नाइके मिलन चक्रे (मिलन गुरुङ) लाई ०६१ सालमा खुकुरी हानेको घटनामा उनलाई ५ वर्ष कैद गर्ने फैसला सदर गरेपछि उनी सम्पर्क बाहिर छन् । पुनरावेदनले पाँच वर्ष जेल सजायँ तोकेकोमा उनले तीन वर्ष बस्न बाँकी छ ।
राजधानीबाट































प्रतिक्रिया