आईपीएल : हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलोपटक फाइनलमा

आईपीएल : हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलोपटक फाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनल प्रवेश गरेको हो ।

दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो । हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् ।

हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे ।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिएका थिए ।

अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ । यस खेलमा पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।

Logo