नेपालमा एक भन्दा बढी श्रीमती विहे गरेपछि सजाय हुन्छ । नेपालमा कानुनले नै बहुविवाहलाई प्रतिबन्ध लगाएको छ ।
तर अफ्रिकाको एउटा यस्तो देश छ । जहाँ दुइ केटी विहे नगरे जेल सजाय हुन्छ । अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग बिहे गर्नैपर्ने बाध्यकारी नियम छ ।
कानूनको उल्लंघन गरी दुईवटा बिहे नगर्ने पुरुषलाई जेल सजाय हुन्छ ।इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ । सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग बिहे गर्नैपर्ने कानून बनाएको छ । ताकि कुनै पनि महिला अविवाहित बस्नु नपरोस् ।
पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि हुन्छ । यदि पहिलो श्रीमतीको रुपमा बिहे गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो लोग्नेलाई दोश्रो बिहे गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि सजाय हुन्छ । लोग्नेलाई दोस्रो बिहे गर्नबाट रोक्ने महिलालाई जन्मकैदको सजाय हुनसक्ने प्रावधान छ ।





























प्रतिक्रिया