पेट्रोलियम पदार्थको करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको चापलाई कम गर्न भन्सार महसूल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेकाे मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको करमा आधा छुट दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् । हाल आयल निगमले व्यहोर्दै आएको १५ दिनको करिब ११ करोड ७२ लाख रुपैयाँ बराबरको घाटा र आपूर्ति शृङ्खलामा देखिएको समस्या समाधान गर्न सरकारले यो कदम चालेको हो।

सरकारले इन्धन खपत कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउन, ‘वर्क फ्रम होम’ (घरबाटै कार्य) गर्ने प्रणालीलाई प्रोत्साहन गर्न र इथानोल नीतिको तयारीलाई तीव्रता दिने समेत घोषणा गरेको छ। इन्धनको मूल्य समायोजन व्यवहारिक देखिएको भन्दै सरकारले ऊर्जा बचतका लागि संयमित बन्न सर्वसाधारणमा आह्वान समेत गरेको छ।

Logo