‘कमेडी दरबार’ को तेस्रो सिजन आगामी वैशाख ४ गतेदेखि प्रसारण हुने

‘कमेडी दरबार’ को तेस्रो सिजन आगामी वैशाख ४ गतेदेखि प्रसारण हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्दै आएको लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर दर्शकमाझ फर्किने भएको छ ।

पहिलो र दोस्रो सिजनको सफलतापछि करिब तीन महिनाको अन्तरालमा शो नयाँ ढंगले प्रस्तुत हुन लागेको हो । यस शाे आगामी वैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे ओएसआर रियालिटी तथा प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण हुनेछ । यसपटक कार्यक्रम नयाँ सेट, नयाँ कमेडियन, नयाँ जज र परिमार्जित फर्म्याटसहित ल्याइँदैछ, जसले दर्शकलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

शोका निर्देशक अग्रवालका अनुसार तेस्रो सिजनलाई अघिल्लाभन्दा अझ आकर्षक बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म विशेष काम गरिएको छ । यस सिजनमा ‘महाराजा’का रूपमा मनोज गजुरेल र ‘महारानी’का रूपमा गौरी मल्ल यथावत रहनेछन् । अभिनेत्री दीया मास्के नयाँ ‘रानी’का रूपमा जोडिएकी छन् । उनको उपस्थितिले जजिङ प्यानलमा नयाँ स्वाद र ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

त्यस्तै, यस सिजनमा दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बालाई नयाँ कमेडियनका रूपमा देख्न पाइनेछ । अघिल्ला सिजनका कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा, खड्ग बहादुर पुन (खबपु) र विकास अर्याल पनि यथावत रहनेछन्।

कार्यक्रम माया इन्टरटेन्मेन्टले निर्माण गरेको हो । प्रसारण साझेदारका रूपमा प्राइम टिभी एचडी रहेको छ भने डिजिटल प्लेटफर्ममा ओएसआर रियालिटी युट्युबमार्फत पनि हेर्न सकिनेछ ।

Logo