काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यही चैत मसान्तका लागि तय ६०औं साधारण सभा रोकिएको छ ।
आज उच्च अदालतले तत्कालका लागि साधारणसभा र निर्वाचन रोक्न आदेश दिएको हो ।
चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलाशले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासंघको ६०औँ साधारणसभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।
रिटमा उद्योग वाणिज्य महासंघ, महासंघको कार्यकारणी समिति, महासंघको सदस्यता समिति र महासंघको निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो।































प्रतिक्रिया