घरायसी उपकरणमा सिजीले ल्यायाे नयाँ वर्षकाे बम्पर उपहार योजना

घरायसी उपकरणमा सिजीले ल्यायाे नयाँ वर्षकाे बम्पर उपहार योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले घरायसी उपकरण श्रेणीका लागि नयाँ वर्षको बम्पर उपहार योजना ल्याएको छ । कम्पनीले साना घरायसी उपकरण श्रेणीअन्तर्गत ‘एक्सपेरियन्स लाइफ विथ सिजीः भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियान सार्वजनिक गरेको हो ।

दैनिक जीवनलाई अझ सहज, स्मार्ट र आरामदायी बनाउने उद्देश्यसहित सिजीले आफ्ना आधुनिक साना घरायसी उपकरणहरू आकर्षक अफर तथा उपहार योजनासहित उपभोक्तामाझ प्रस्तुत गरेको जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले सिजीका साना घरायसी उपकरण खरिद गर्दा प्रत्येक १५ दिनमा ‘सेट अफ पाँच प्रोडक्ट्स’ जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहक सामान खरिदपश्चात् क्युआर स्क्यान गरी योजनामा सहभागी हुन सक्नेछन् । अभियानको मुख्य आकर्षण बम्पर उपहार हो । जसअन्तर्गत भाग्यशाली विजेताले मेघौली सेराईमा विलासी बसाइँ तथा हिरो सुपरस्प्लेन्डर मोटरसाइकल जित्न सक्नेछन् । यो योजना चैत २२ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको बताइएको छ ।

योजनामा सहभागी हुन ग्राहकले देशभरका २१ वटा आधुनिक सिजी डिजिटल सोरुम, कम्पनीको आधिकारिक वेबसाइट, तथा सिजी ब्रान्डका उत्पादन उपलब्ध आधिकारिक बिक्री केन्द्रबाट सिजीका साना घरायसी उपकरण खरिद गर्न सक्नेछन् ।

Logo