द ब्याङ्ग टुर लिएर सलमान खान नेपाल आउदैं

द ब्याङ्ग टुर लिएर सलमान खान नेपाल आउदैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ माघ । आगामी फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘द ब्याङ्ग द टुर’ नेपालको बारेमा जानकारी दिन सोहेल खानले पत्रकार सम्मेलन आयोजना गरे।

आयोजक समेत रहेका सोहेलले कार्यक्रम सफल बनाउने सबैभन्दा ठूलो जिम्मेवारी दर्शकको भएको बताए। उनले हरेक ठाउँ बनाउने भनेको त्यहाँकै मान्छेले हो। नेपालमा ती मान्छे छन् जसले हाम्रो सांगीतिक टुर आयोजना सम्भव बनाए।

अब कार्यक्रम पनि त्यसरी नै सफल हुन्छ भन्ने आश व्यक्त गर्दछु । किनकि दर्शक तागत हुन् । विश्वका विभिन्न देश तथा सहरहरुमा कार्यक्रम आयोजना गरे पनि नेपालमा हुने कार्यक्रमको लागि आफू निकै उत्साही रहेको उनले बताए ।

सोहेलले द ब्याङ्ग टुरमा कट्रिनाको सहभागिता नरहने पनि प्रष्ट पारे । उनका अनुसार अन्य कलाकारहरु नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने छ । नेपालको ओडीसी नेपाल, सोहेल खान प्रोडक्सन र जेइ इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो । आयोजकका अनुसार कार्यक्रमको मुख्य उदेश्य विनाशकारी भुकम्प र नाकाबन्दी पछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई कम गर्नु हो। टुँडिखेलमा हुने कन्सर्ट प्रि- रेकर्डेड हुनेछ । ३ घण्टा लामो कार्यक्रममा एक घण्टा नेपाली कलाकारलाई छुट्याइएको छ। नेपाली कलाकारको लाइन अप भने सार्वजनिक भएको छैन ।

Skip This
Skip This
Logo