जलजला । जलजला गाउँपालिकाको २०औँ हिउँदे गाउँसभा आज सञ्चालन भइरहेको छ । गाउँसभामा चालु आर्थिक वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यसहित बजेट रकमान्तरसम्बन्धी महत्वपूर्ण निर्णयहरूमा छलफल भएको हो ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागितामा भइरहेको सभाले विकास योजनाहरूको कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको गाउँपालिका उपप्रमुख दिपक आचार्य आकाशले जानकारी दिएका छन् । विशेषगरी आवश्यकताअनुसार बजेट पुनःव्यवस्थापन गर्दै प्राथमिकतामा रहेका योजनाहरूलाई अगाडि बढाउने तयारी भइरहेको आचार्यको भनाई छ ।
गाउँपालिकाले गाउँसभाको सम्पूर्ण कार्यक्रम फेसबुक लाइभमार्फत प्रत्यक्ष प्रसारण गरेको छ। गाउँपालिकाले आम नागरिकलाई प्रत्यक्ष अवलोकन गर्न र आफ्ना सुझाव तथा प्रतिक्रिया दिन आग्रह गरेको छ ।
स्थानीय तहको निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउने उद्देश्यले यस्तो प्रत्यक्ष प्रसारण गरिएको गाउँपालिकाले जनाएको छ ।































प्रतिक्रिया