चितुवाको छालासहित तीन जना पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

न्यूरोडबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भुगोलपार्कबाट बैतडी घर भएका २५ वर्षीय महेशराज औजी, ३४ वर्षीय जनक महरा र २५ वर्षीय सुरेन्द्र दयाललाई पक्राय गरिएको हो ।

प्रहरीलाई उनीहरुको गतिविधि शंकास्पद लागेपछि चेकजाँच गर्दा कलेजी रंगको झोलाभित्र बोरामा प्याक गरेको अवस्थामा चितुवाको छाला बरामद भएको थियो ।

महाशाखाले बैतडीबाट ल्याएको उक्त बाघको छाला सहित निजहरुलाई आवश्यक कारवाहीको लागी जिल्ला बन कार्यालय काठमाडौं पठाईएको जानकारी दिएको छ ।

उनीहरुले विक्री गर्ने उद्देश्यले चितुवाको छाला बोकेको खुलेको छ ।

 

Skip This
Skip This
Logo