‘खेलाडीको भविष्यप्रति प्रदेश सरकार गम्भीर छ’ -मुख्यमन्त्री बानियाँ

‘खेलाडीको भविष्यप्रति प्रदेश सरकार गम्भीर छ’ -मुख्यमन्त्री बानियाँ

केन्द्रबिन्दु
54
Shares

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले खेलकुद क्षेत्रले देशको मान र शान अन्तर्राष्ट्रिय स्तरमा उँचो बनाउने बताएका छन् ।

लगनखेलस्थित जिल्ला प्रमुख डोजोद्वारा आयोजित ‘पाँचौं कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता’का विजयी खेलाडीहरूलाई पुरस्कार, पदक तथा प्रमाणपत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशलाई ‘खेलाडी उत्पादन र संरक्षण गर्ने प्रदेश’ का रूपमा विकास गर्न सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) को आदर्शको चर्चा गर्दै उनले भने, “किसुनजीको जीवन जसरी सरल र निष्कलंक थियो, हाम्रा खेलाडीहरूले पनि त्यसरी नै खेलको नियम, अनुशासन र मर्यादाभित्र रहेर समाजमा आफ्नो पहिचान बनाउनुपर्छ।”

मुख्यमन्त्री बानियाँले खेलाडीहरूको वृत्तिविकासका लागि प्रदेश सरकारले नयाँ नीति र योजना ल्याउन लागेको जानकारी दिए । उनले भने, “हामी अब एउटा यस्तो प्रणाली बनाउँदैछौँ जहाँ जिल्ला-जिल्लाबाट क्षमतावान् खेलाडीहरू छनोट हुनेछन् र उनीहरूलाई प्रदेश सरकारले विशेष सम्मान र जीविकोपार्जनको प्रत्याभूति दिनेछ। खेलाडीहरूले अब खेल्नकै लागि चिन्ता गर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ।”

साथै मुख्यमन्त्रीले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बधाई दिँदै खेलप्रतिको जाँगर र उत्साहलाई सधैं कायम राख्न आग्रह गरे ।

Logo