काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति तय भएको छ । चैत २७ गते बसेको महासंघको पदाधिकारी समितिको बैठकले आगामी २०८३ बैसाख २१ र २२ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि चैत २९ र ३० गतेका लागि तय भएको साधारण सभा र निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो । अदालतको उक्त आदेशपछि बसेको महासंघको बैठकले नयाँ मिति तय गर्दै प्रक्रियालाई अघि बढाएको हो ।
यस्तै, साधारण सभा र निर्वाचनको तयारीका सन्दर्भमा छलफल गर्न महासंघको पदाधिकारी बैठकले आगामी २०८३ बैसाख ९ गते कार्यकारिणी समितिको बैठक समेत बोलाउने निर्णय गरेको छ ।































प्रतिक्रिया