प्रधानमन्त्रीविरुद्ध गालीगलौज: पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

प्रधानमन्त्रीविरुद्ध गालीगलौज: पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ।

सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने दोहोर्‍याउँदै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । साथै, समाजमा अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता गतिविधि प्रचलित कानूनविपरीत रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

‘सरकार संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दछ । आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ । समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता क्रियाकलाप प्रचलित कानून विपरीतका कार्य हुन् । यस किसिमका कार्यहरुमा सम्बन्धित निकायले नियमित प्रक्रिया अन्तर्गत निगरानी गरिरहेको व्यहोरा अनुरोध गर्दै प्रत्येक नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि सरकार सधैं प्रतिबद्ध रहेको जानकारी गराईन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्ता क्रियाकलापहरूमा सम्बन्धित निकायले नियमित निगरानी गरिरहेको उल्लेख गर्दै मन्त्रालयले नागरिकको मौलिक हक तथा अधिकारको संरक्षणमा सरकार सधैं प्रतिबद्ध रहेको जनाएको छ ।

Skip This
Skip This
Logo