काठमाडौँ, ४, माघ
सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप २ वटा सवारी साधन लगायतको सुविधा बढाउने निर्णय गरेको हो । "/>

पूर्वराष्ट्रपति यादवको सेवासुविधा थपः के के थपिए त ?

पूर्वराष्ट्रपति यादवको सेवासुविधा थपः के के थपिए त ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४, माघ
सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप २ वटा सवारी साधन लगायतको सुविधा बढाउने निर्णय गरेको हो । ‘मन्त्रिपरिषद्को ०७३ माघ १० गतेको निर्णय बमोजिमको सुविधाका अतिरिक्त पूर्वराष्ट्रपतिलाई देहायको सुविधा गृह मन्त्रालयले उपलब्ध गराउने,’ ०७४ मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ ।

पूर्वराष्ट्रपतिलाई यसअघि दिइँदै आएको सेवा सुविधा सहित सवारीचालक र इन्धन सहितको २ वटा सवारीसाधन, पत्रपत्रिका बापत मासिक तीन हजार रुपैयाँ र खानेपानी, टेलिफोन, इन्टरनेट र बिजुलीको बिल बमोजिमको रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको हो । एक वर्षअघि सरकारले पूर्वराष्ट्रपतिलाई मासिक वृत्ति ५० हजार रुपैयाँ, घरभाडा मासिक २ लाख रुपैयाँ सम्म, २ वटा सवारीसाधन, एकजना सवारीचालक, २ सय ७ लिटर मासिक इन्धन, २० लिटर मासिक मोबिल, एकजना उपसचिव तहको स्वकीय सचिव, एकजना सहयोगी लगायतको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यसका अतिरिक्त गत मंसिर २५ गते सरकारले थप सुविधा उपलब्ध गराउने निर्णय लिएको हो । मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार गृहले थप २ वटा गाडी उपलब्ध गराएमा पूर्वराष्ट्रपतिसँग ४ वटा सरकारी सवारी साधन हुनेछन् । नागरिकबाट

Skip This
Skip This
Logo