काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधव कुमार नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले बहस नोट मागेको छ ।
डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्रतिवादी बनाइएकाहरूको कानुन व्यवसायीलाई बहस नोट पेस गर्न आदेश दिएको हो । यो मुद्दा विशेष अदालतमा अन्तिम सुनुवाइको चरणमा रहेको छ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
प्रधानमन्त्री पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोपमा नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।































प्रतिक्रिया