काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा अब सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।
निर्वाचन आयोगले गगन थापा–विश्वप्रकाश शर्मा समूहलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिट निवेदनको पेसी तोकिएको हो । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दाको अन्तिम सुनुवाइ अब नजिकिँदै छ ।
२०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग, नेपाली कांग्रेस केन्द्रीय कार्यालय र सभापति गगन थापाको नाममा लिखित जवाफ मागेको थियो । तीनै पक्षले जवाफ पेस गरेपछि मुद्दा अब संयुक्त इजलासमा पुगेको छ ।
मुद्दाको सुनुवाइ अब न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा हुने भएसँगै कांग्रेसभित्रको लामो समयदेखिको आन्तरिक द्वन्द्वको कानुनी टुङ्गो निकट भइसकेको देखिन्छ ।





























प्रतिक्रिया