राष्ट्रियसभाका ५६ सिटमा एमालेलाई ७० र माओवादीलाई ३० प्रतिशत

राष्ट्रियसभाका ५६ सिटमा एमालेलाई ७० र माओवादीलाई ३० प्रतिशत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ माघ ।

वामपन्थी गठबन्धनको संयुक्त कार्यदलको बैठक बस्दैछ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह कार्यदलको बैठक बस्नेछ । बैठकले राष्ट्रियसभाका सिटहरु बाँडफाँड टुंगो लगाउनेछ । स्रोतका अनुसार राष्ट्रियसभामा एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत सिट पाउने गरि सहमित जुटाउने प्रयास बैठकमा हुनेछ ।

स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको हो ।

अघिल्लो बैठकमा एमालेले निर्वाचन आयोगबाट प्राप्त मत सहितको तथ्याङ्क माओवादी नेताहरुलाई समेत दिएको थियो । बैठकमा माओवादी नेता रामवहादुर थापा बादलले प्रत्येक प्रदेशमा रहेका सम्बन्धित पार्टीको मतसंख्याका आधारमा सिट बाँडफाँट हुने बताएका थिए ।

कार्यदलका एक सदस्यका अनुसार वामपन्थी गठबन्धनले ५६ मध्ये बढीमा ४१ सिट जित्ने सम्भावना छ । उम्मेदवारी भने सबै पदमा दिइनेछ । जसको जुन प्रदेशमा जति मत छ त्यहि आधारमा सिट बाँडफाँट गरिने नेताहरुले बताए । त्यसो गर्दा प्रदेश १ र ३ मा एमालेको बहुमत छ भने २ नम्बर बाहेक अन्य प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत छ ।
कार्यदलका एक सदस्यका अनुसार आजको बैठकमा माओवादीलाई कुन प्रदेशमा कुन क्लस्टरको सिट लिने भन्ने तयारी सहित आउन भनिएको छ ।

बहुमतीयबाट जित्ने दलित र अल्पसंख्यकरअपांग कोटा दुवै दलले मिलाएर बाँडफाँड गर्नेछन् । त्यसो गर्दा सम्बन्धित पार्टीका नेताहरुको व्यवस्थापनलाई पनि आधार बनाइएको छ । त्यस्तै एकल संक्रमणीयबाट जित्ने ३ महिला र ३ खुला सदस्यमा प्राथमिकता क्रमका आधारमा बाँडफाँड हुनेछ ।

कार्यदलले आज सिटसंख्या टुंगो लगाएपछि पार्टी एकता संयोजन समितिमा पेश गरिनेछ । राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुखको बाँडफाँड हुने एमाले नेता शंकर पोखरेलले बताए ।

Skip This
Skip This
Logo