कांग्रेस संसदीय दलको नेता चयनमा अन्योल, आज पुनः निर्णायक छलफल

कांग्रेस संसदीय दलको नेता चयनमा अन्योल, आज पुनः निर्णायक छलफल

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन। हिजो सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएपछि आज पनि पुनः छलफल हुने भएको छ। पार्टीभित्र सहमतिको आधारमा नेता चयन गर्ने प्रयास जारी रहे पनि स्पष्ट सहमति नबन्दा प्रक्रिया लम्बिँदै गएको छ।

दलको नेताका लागि मुख्य रूपमा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेबीच प्रतिस्पर्धा देखिएको छ भने मोहन आचार्यदेखि निश्कल राईसम्मको नाम पनि चर्चामा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेकाले नेतृत्व चयनले पार्टीको आगामी रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

सहमति जुटाउने उद्देश्यसहित नेतृत्व तहले निरन्तर छलफल गरिरहेको छ। तर यदि सहमति बन्न सकेन भने निर्वाचन प्रक्रियाबाट दलको नेता टुंगो लगाउने तयारी पनि गरिएको छ। आजको बैठकलाई निर्णायक बनाउन प्रयास केन्द्रित गरिएको छ।

Skip This
Skip This
Logo