काठमाडौं। नेकपा (एमाले) ले आफ्नो आन्दोलनका कार्यक्रम संशोधन गरेको छ। पार्टी केन्द्रीय समिति बैठकले पूर्वनिर्धारित विरोध कार्यक्रमलाई परिमार्जन गर्दै अब आन्दोलनलाई थप रचनात्मक स्वरूपमा अघि बढाउने निर्णय गरेको हो।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पार्टी स्थापना दिवसलाई विभिन्न रचनात्मक कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, यही वैशाख ९ गते सबै जिल्ला कमिटीहरूले आ–आफ्ना जिल्लामा अनिवार्य रूपमा कार्यक्रम आयोजना गर्नेछन् भने उपत्यकामा केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गरिनेछ।
यसअघि एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउपछि वडा तहसम्म कमिटी परिचालन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। त्यसअनुसार विभिन्न मितिमा भेला, विरोध प्रदर्शन र प्रदेशस्तरीय कार्यक्रम तय गरिएको थियो। तर पछिल्लो निर्णयसँगै ती कार्यक्रमहरू संशोधन गरिएको छ।





























प्रतिक्रिया