काठमाडौं, ३, माघ
हिजो बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएपछि आज विहानलाई राखिएको छ । हिजोको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने भनिएको थियो । बुधबार विहान ९ बजे बस्ने गरी हिजोको मन्त्रिपरिषद बैठक स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले मन्त्रिपरिषद बैठक बुधबार बिहान (आज) बस्ने जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु अघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टीभित्र छलफल गर्ने तयारी गरेका छन् ।
राजधानीबाट





























प्रतिक्रिया