काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदहरूसँग सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणबारे छलफल गरेका छन्। गृह मन्त्रालयमा भएको उक्त छलफलमा सांसदहरूले सीमा सुरक्षा बलियो बनाउन र भन्सार प्रणाली सुधार गर्न आवश्यक रहेको बताएका छन्। उनीहरूले तस्करी रोक्न भन्सार दर पुनरावलोकन, कडाइका साथ निगरानी, र प्रभावकारी संयन्त्र विकास गर्न सुझाव दिएका छन्।
सांसदहरूले सीमावर्ती क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामान ल्याउँदा निश्चित सीमा भित्र भन्सार छुट दिनुपर्ने र त्यसका लागि स्पष्ट नियम बनाउनुपर्ने माग पनि गरेका छन्। त्यसैगरी, किसानलाई आवश्यक पर्ने मलखाद र कृषि सामग्री ल्याउन भन्सार प्रक्रिया सहज बनाउनुपर्ने विषय पनि उठाइएको छ।
गृहमन्त्री गुरुङले उठेका सुझावहरूलाई गम्भीर रूपमा लिँदै गृह मन्त्रालयसँग सम्बन्धित विषय तुरुन्त कार्यान्वयन गर्ने र अन्य विषयमा अर्थ मन्त्रालयसँग सहकार्य गरेर समाधान खोज्ने बताएका छन्। छलफलमा मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको थियो।





























प्रतिक्रिया