पश्चिमी वायु सक्रिय, केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

पश्चिमी वायु सक्रिय, केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ। देशमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ। अन्य हिमाली क्षेत्रहरूमा पनि बादल लागेको छ भने मधेस र कोशीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशीसहित अधिकांश पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपात हुन सक्छ।

त्यसैगरी, मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने अनुमान गरिएको छ। आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Skip This
Skip This
Logo