लुङ्गिनमा बगाले थापा–क्षेत्री समुदायको पहलमा कल्याणकारी भवन निर्माण

लुङ्गिनमा बगाले थापा–क्षेत्री समुदायको पहलमा कल्याणकारी भवन निर्माण

केन्द्रबिन्दु
9
Shares

भोजपुर। हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा बगाले थापा–क्षेत्री समुदायको पहलमा कल्याणकारी भवन निर्माण गरिएको छ।

सामाजिक, सांस्कृतिक र परम्परागत गतिविधि सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको भवनमा कुल ६९ लाख रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारबाट २७ लाख, वडा र गाउँपालिकाबाट १२ लाख र बाँकी रकम समुदायबाट संकलन गरिएको हो। जग्गा खरिदमा मात्रै २ लाख रुपैयाँ खर्च गरिएको छ।

भवन निर्माणपछि स्थानीय कार्यक्रम सञ्चालन गर्न सहज भएको छ। यसअघि यस्ता गतिविधिका लागि अन्य ठाउँ जानुपर्ने बाध्यता थियो। अब वंशवली भेला, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधि आफ्नै ठाउँमा गर्न सकिने भएको छ।

भवनमा महिला, युवा, बालबालिका र ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ। साथै तालिम, प्रशिक्षण र सामुदायिक कार्यक्रम सञ्चालन गर्न पनि उपयोगी हुने बताइएको छ।

स्थानीयका अनुसार यो भवनले समुदायबीच सहकार्य, सहभागिता र एकता बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo