संसारमा थुप्रै पत्याउनै नसकिने किसिमका जागिर छन् जसबारे सुन्दा पत्याउन त के हामीले कल्पना समेत गर्न सक्दैनौँ ।
कतै न्यापकिन टेस्ट गर्ने काम त कतै कुकुर बिरालोको खाना चाख्ने काम । यस्तो कामको बदलामा कम्पनीले जागिरेलाई मोटो रकम पनि दिने गर्दछन् । आज हामी तपाईंलाई यस्तै कामबारे जानकारी दिँदै छौं ।
– कुकुलाई अचम्मको जागिरः
कुकुर बफादार हुन्छ, त्यसैले मानिसको लागि यो सबैभन्दा भरपर्दो साथी मानिन्छ । घरमा त यसलाई मान्छेले पाल्छन् । त्यसबाहेक अन्य थुप्रै काममा कुकुरको प्रयोग गरिन्छ । अपराध अनुसन्धानदेखि जोखिमपूर्ण उद्वारकार्यमा पनि कुकुरलाई खटाइन्छ । तर, आज हामी जुन कुकुरको बारे बताउँदैछौ, त्यो अनौठो कामको लागि भर्ति गरिएको हो ।

केहि दिन अघि बोस्टन म्युजियम अफ फाइन आर्टस्ले एक कुकुरलाई जागिर दियो । कुकुरको नाम रिले हो । उक्त कुकुरको काम म्युजियमको सुरक्षा भने होइन । बरु त्यहाँ राखिएको कलाकृतिमा किरा माकुरा लाग्नबाट बचाउनका लागि हो ।

म्युजिनयम प्रशासनले नै पत्रकार सम्मेलन गरेर रिलेको बारेमा यस्तो जानकारी गरएको हो । ग्यालरीमा राखिएको कलाकृति किरा माकुराले बिगार्ने डर थियो । त्यसलाई धपाउनका लागि कुकुरलाई ड्युटी दिइएको हो । यसका लागि उक्त कुकुरलाई विशेष तालिम दिइएको छ ।
– सट (कजयत) गर्लः
यो जागिर जवान र राम्री युवतीले मात्र पाउने गर्दछन् । यसमा महिला ‘शट’ तयार गर्छन् त्यसलाई सर्भ गर्ने गर्दछन् । यसका लागि कम्पनीले १ करोड (१ लाख डलर) वार्षिक तलब दिने गर्दछन् ।

– जनावरको खाना चाख्ने जागिरः
यो कामको बदलामा कम्पनीले करिब ४१ लाख (४० हजार डलर) रुपैयाँ वार्षिक तलब दिन्छन् ।

– बेड टेस्टरः
बेड बनाउने कम्पनी आफ्नो उत्पादन बेच्नका लागि त्यसलाई हरेक प्रकारले अनुसन्धान गर्ने गर्दछ । यसका लागि व्यवसायिक ‘बेड टेस्टर’ राखेका हुन्छन् जसले त्यसको नराम्रो र बहियो पक्षबारे बताउने गर्दछन् । यो कामको बदलामा कम्पनीले २५ देखि ४१ लाख (२५,०००– ४०,००० डलर) रुपैयाँ वार्षिक दिने गर्दछ ।

– फेस फिलरः
मसाज जस्तो प्रविधिको सहाराले मानिसहरु आफ्नो अनुहारको हेरबिचार गर्ने गर्दछन् यसका लागि कम्पनीले विशेषज्ञलाई लिने गर्दछ । यो कामका लागि ३० हजार देखि ४० हजार डलरसम्म वार्षिक तलब दिइन्छ ।

– नग्न मोडलः
आर्टिस्टले आफ्नो पेन्टिङका लागि नेकेड मोडललाई जागिर दिने गर्दछन् । यो कामका लागि भिन्न–भिन्न पोजमा बसेको बदलामा मोडललाई एक सयदेखि २ सय डलरप्रति घण्टाको हिसाबले पैसा दिइन्छ ।

– पेपर टावल सुघ्ने कामः
यो काम बापत् कम्पनी कर्मचारीलाई ५२ हजार डलर वार्षिक तलब दिने गर्दछ । यो कामका लागि कम्पनी ती व्यवसायीलाई काममा राख्ने गर्दछ जसले उत्पादनको क्वालिटीदेखि उनको फ्रिक्वेन्सीसम्म परिक्षण गर्ने गर्दछ ।

– वाटर स्लाइडर टेस्टरः
यो कामको बदलामा कम्पनीले ४० हजार डलर वार्षिक रुपमा दिने गर्दछ ।

– नालीको निरिक्षणको कामः
यो कामको बदलामा कम्पनीले ४० हजारदेखि ७५ हजार डलरसम्म वार्षिक तलब दिने गरिन्छ ।

– गोल्फ बल डाइवर्सः
यो कामका लागि ३० हजारदेखि १ लाख डलरसम्म कम्पनीले वार्षिक तलब दिने गर्दछ ।






























प्रतिक्रिया