काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक तनाव फेरि सतहमा आएको छ। केन्द्रीय अनुशासन समितिको सोमबार बस्ने बैठकले नेता पूर्णबहादुर खड्काको भविष्यबारे महत्वपूर्ण निर्णय लिन सक्ने संकेत देखिएको छ।
अनुशासन समितिले यसअघि नै खड्कासँग स्पष्टीकरण मागिसकेको छ। आरोप के छ भने-पार्टीको आधिकारिक संरचना र विधान विपरीत गएर उनले लेटरप्याड प्रयोग गर्दै आफूलाई कार्यवाहक सभापतिको हैसियतमा प्रस्तुत गरे। यो कदमलाई पार्टीभित्र ‘अनधिकृत’ र ‘विवादास्पद’ मानिएको छ।
तर, घटनाले केवल अनुशासनको प्रश्न मात्र उठाएको छैन। सभापति गगन थापा र खड्काबीच आइतबार भएको भेटले अर्को सन्देश दिएको छ-पार्टीभित्र द्वन्द्व चर्किँदै जाँदा समानान्तर रूपमा ‘मेलमिलाप’ को प्रयास पनि जारी छ।
एकातिर विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने तयारी छ भने अर्कोतिर नेतृत्व तहबाट विवाद थाम्ने प्रयास देखिन्छ। यही द्वन्द्वले कांग्रेसभित्रको शक्ति सन्तुलन र नेतृत्व शैलीबारे प्रश्न उठाएको छ।
अबको बैठकले के गर्छ-कारबाहीलाई तीव्रता दिन्छ कि आन्तरिक सहमतितर्फ मोडिन्छ-त्यसले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ दिशा तय गर्नेछ।





























प्रतिक्रिया