काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार बिहान काठमाडौं आइपुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब सवा ६ बजे अवतरण गरेको स्रोतले जनाएको छ ।
भारतीय मूलका कपुरको यो नेपाल भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित उनी काठमाडौं आएको बताइएको छ ।
तीन दिने बसाइका क्रममा सहायक विदेशमन्त्री कपुरले नेपाल सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले केही मन्त्रीहरूसँग पनि छुट्टाछुट्टै भेट गर्ने तयारी रहेको कूटनीतिक स्रोतले जनाएको छ ।
गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि उक्त जिम्मेवारी डोनाल्ड लुले सम्हाल्दै आएका थिए ।
नेपाल भ्रमणका क्रममा कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ मानिएका छन् । उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।





























प्रतिक्रिया