काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीभित्र युवाको प्रतिनिधित्व बढाउने मागसहित अनसनमा बसेका भुवन विष्टले अन्ततः सहमतिपछि आफ्नो आन्दोलन स्थगित गरेका छन्। केही दिनदेखि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा अनसनरत विष्ट र पार्टी नेतृत्वबीच दुई बुँदे समझदारी बनेसँगै अनसन टुंगिएको हो।
विष्टले उठाएको मुख्य मुद्दा-पार्टीका विभिन्न समितिहरूमा ६० प्रतिशतसम्म युवा सहभागिता सुनिश्चित गरिनुपर्छ-लाई पार्टीले औपचारिक रूपमा नोटिसमा लिएको छ। सहमति पत्रअनुसार यस विषयमा स्पष्ट कार्यविधि बनाएर आगामी महाधिवेशनमा ठोस निर्णय गर्ने प्रतिबद्धता जनाइएको छ।
केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र विष्टबीच भएको हस्ताक्षरसहितको सहमतिले तत्कालका लागि विवाद समाधान गरेको देखिए पनि अबको परीक्षा कार्यान्वयनमा रहनेछ। लामो समयदेखि पार्टीभित्र युवाको भूमिका कमजोर भएको गुनासो उठ्दै आएका बेला यो सहमति त्यसतर्फको संकेतका रूपमा हेरिएको छ।
अनसन अन्त्य गरेसँगै विष्टले अब आफ्नो माग संस्थागत प्रक्रियामार्फत अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।





























प्रतिक्रिया