‘शिक्षामा लगानी बढाऊ’ दबाब अभियान सुरु, सरकारको प्रतिबद्धतामै प्रश्न

‘शिक्षामा लगानी बढाऊ’ दबाब अभियान सुरु, सरकारको प्रतिबद्धतामै प्रश्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । शिक्षामा पर्याप्त लगानी नहुँदा सार्वजनिक शिक्षा कमजोर बन्दै गएको आरोपसहित ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६’ आजदेखि नेपालमा सुरु गरिएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन गर्दै सरकारमाथि शिक्षा क्षेत्रमा गरिएको प्रतिबद्धता पूरा नगरेको भन्दै दबाबमूलक अभियान अघि बढाएको हो।

‘शिक्षामा पर्याप्त लगानीको लागि अभियानको ज्योति बालिराखौँ’ भन्ने नारासहित सुरु भएको यो अभियान वैशाख १४ गतेसम्म सञ्चालन हुनेछ। अभियानकर्ताहरूले शिक्षा मौलिक हक भए पनि व्यवहारमा राज्यको प्राथमिकतामा नपरेको गुनासो गरेका छन्।

संविधानले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरे पनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको अभियानको दाबी छ। सरकारले कुल बजेटको १५–२० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको ४–६ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन कमजोर रहेको आरोप लगाइएको छ।

अभियानअन्तर्गत नागरिक भेला, प्रदर्शन, नीति निर्मातासँग अन्तरक्रिया तथा रेडियो–सामाजिक सञ्जालमार्फत जनचेतना कार्यक्रम सञ्चालन गरिनेछन्। शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म सुधार सम्भव नभएको भन्दै अभियानले संघीयदेखि स्थानीय सरकारसम्म जिम्मेवार बन्नुपर्ने चेतावनी दिएको छ।

Logo