भैँसीपालन छोडेर बाख्रापालन, वार्षिक लाखौँ आम्दानी

भैँसीपालन छोडेर बाख्रापालन, वार्षिक लाखौँ आम्दानी

केन्द्रबिन्दु
15
Shares

म्याग्दी। धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचनले भैँसीपालन छोडेर सुरु गरेको बाख्रापालन व्यवसायबाट अहिले वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् ।

उनले २०७४ सालमा करिब ५२ हजार रुपैयाँ लगानीबाट बाख्रापालन सुरु गर्नुभएको थियो। घुम्तीकोषको ऋण र केही आफ्नै लगानीबाट तीन वटा बाख्राबाट सुरु भएको व्यवसाय अहिले करिब ७० वटा बाख्रा सम्म पुगेको छ।

शुरुमा केही समस्या भए पनि पछि बोयर जातको बोका प्रयोग गरेर नश्ल सुधार गरेपछि उत्पादन बढेको उनको भनाइ छ। अहिले उनको फार्मबाट वार्षिक १५ भन्दा बढी खसीबोका र समान संख्यामा पाठापाठी बिक्री हुने गरेको छ।

खसीबोका र पाठापाठी किन्ने ग्राहकहरू गोठमै आउने गर्छन्। उमेर र तौलअनुसार मूल्य फरक हुने गरेको छ।

यस व्यवसायले परिवारको खर्च चलाउन सहज भएको गौचन बताउछन् ।उनकी श्रीमती र छोरीले पनि साथ दिँदै आएका छन्। आम्दानीबाट कान्छा छोरालाई पढ्न विदेश पठाइएको छ भने जेठा छोरा वैदेशिक रोजगारीपछि फर्किएर बुबालाई सहयोग गरिरहेका छन्। विदेशमा गरेको मेहनतभन्दा आफ्नै देशमा पनि राम्रो गर्न सकिने अनुभव भएको जेठा छोराको भनाइ छ।

चरनका लागि गौचनले दुई ठाउँमा गोठ राखेर समयअनुसार सार्दै बाख्रा पालन गर्दै आएका छन् । यस व्यवसायलाई थप विस्तार गर्न सरकारी निकायबाट पनि केही सहयोग प्राप्त भएको छ।

Logo