काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै नेकपा एमालेका नेताहरूले सामाजिक सञ्जालमा कडा र व्यंग्यात्मक टिप्पणी गरेका छन्।
एमाले नेता गोकुल बास्कोटाले रास्वपाबारे टिप्पणी गर्दै पार्टी “अन्तिम चरणमा हाइज्याक हुन बाँकी जस्तो देखिएको” बताएका छन्। उनले यो उनीहरूको आन्तरिक विषय भए पनि राजनीतिक अवस्था त्यही दिशातिर गइरहेको संकेत गरेका छन्।
त्यस्तै, एमाले नेता सूर्य थापाले पनि सामाजिक सञ्जालमा व्यंग्यात्मक स्टाटस लेख्दै “फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखिएको” भन्दै टिप्पणी गरेका छन्। उनले घण्टीमा भोट दिने मतदाताले क्षमापूजा गर्नुपर्ने अभिव्यक्ति दिएका छन्। यी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थक र विरोधी दुवै पक्षबाट तीव्र प्रतिक्रिया आउन थालेका छन्।
पछिल्ला दिनमा रास्वपा र एमालेबीच आरोप–प्रत्यारोप सामाजिक सञ्जालमै खुला रूपमा देखिन थालेको छ, जसले राजनीतिक तनाव अझ बढाएको छ।































प्रतिक्रिया