काठमाडौं। गृहमन्त्री सुधन गुरुङ अहिले बढ्दो विवादका बीच पार्टी सभापति रवि लामिछानेसँग भेट गर्न बूढानीलकण्ठ पुगेका छन्। लघु बीमा कम्पनीमा लगानी गरेको विषय सार्वजनिक भएपछि उनी आलोचनामा परेका हुन्।
दीपक भट्ट समूहसँग जोडिएको उक्त कम्पनीमा गुरुङको संस्थापक सेयर रहेको खबर बाहिरिएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उनको राजीनामाको माग उठ्न थालेको छ। यसैबीच उनले आफूले उक्त सेयर ऋणमार्फत लिएको भन्दै स्पष्टीकरण दिएका छन्। तर, सम्पत्ति विवरणमा यो कुरा नदेखाएको आरोप भने अझै उठिरहेको छ।
चैत १३ मा गृहमन्त्री बनेका गुरुङ छोटो समयमै विवादमा तानिएका छन्। बढ्दो दबाब र आलोचनाबीच उनले पार्टी नेतृत्वसँग छलफल गर्न लामिछानेको निवास पुगेको बुझिएको छ। यो भेटलाई उनको आगामी राजनीतिक कदमसँग जोडेर पनि हेरिएको छ।





























प्रतिक्रिया