काभ्रेको वनमा बहुमूल्य जडीबुटी बर्षौंदेखि प्रयोगविहीन

काभ्रेको वनमा बहुमूल्य जडीबुटी बर्षौंदेखि प्रयोगविहीन

केन्द्रबिन्दु
6
Shares

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको सरकारी वन क्षेत्रमा बहुमूल्य जडीबुटी प्रशस्त मात्रामा पाइए पनि त्यसको उचित उपयोग हुन सकेको छैन।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार यहाँ करिब १ लाख ४० हजार किलोसम्म जडीबुटी सङ्कलन गर्न सकिने सम्भावना छ। तर अनुमति प्रणाली भए पनि व्यावसायिक रूपमा सङ्कलन र उपयोग नहुँदा ती जडीबुटी खेर गइरहेका छन्।

कार्यालयले तयार पारेको तथ्याङ्कअनुसार यहाँ पाँचऔँले, जटामसी, सतुवा, पाखनवेद, चिराइतो, गुर्जो, तितेपाती, अमला, हर्रो, बर्रोलगायत ३१ प्रकारका जडीबुटी पाइन्छन्। केही प्रजाति ठूलो मात्रामा उपलब्ध भए पनि बजार र व्यवस्थापन नहुँदा उपयोग हुन सकेको छैन।

वन कार्यालयका अनुसार कालीकाठ, पिपला, चिराइतो र चिराइतो जस्ता जडीबुटी उच्च मात्रामा पाइन्छन्, जसले आयआर्जनको ठूलो सम्भावना देखाउँछ। तर स्थानीय स्तरमा उद्योग, प्रशोधन केन्द्र र बजारको अभाव मुख्य समस्या बनेको छ।

जिल्लामा ५८४ सामुदायिक वन, ४६० कबुलियति वन र अन्य निजी वनहरू भए पनि जडीबुटी संकलन र प्रशोधनमा खासै सक्रियता देखिएको छैन।

विशेषज्ञहरूका अनुसार उचित नीति, लगानी र उद्योग विकास गर्न सके काभ्रेको जडीबुटी क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ।

Logo