जलेश्वरमा मणिपाल कलेजका लागि खरिद गरिएको ३५ बिघा जग्गा ३ दशकदेखि प्रयोगविहीन

जलेश्वरमा मणिपाल कलेजका लागि खरिद गरिएको ३५ बिघा जग्गा ३ दशकदेखि प्रयोगविहीन

केन्द्रबिन्दु
12
Shares

महोत्तरी। जलेश्वरमा अन्तरराष्ट्रियस्तरको इन्जिनियरिङ कलेज बनाउने उद्देश्यले खरिद गरिएको ३५ बिघा जग्गा ३२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। जलेश्वर नगरपालिका–१, ७ र ८ मा पर्ने उक्त जग्गा मणिपाल एजुकेसन ग्रुपले कलेज सञ्चालन गर्ने भन्दै स्थानीय किसानबाट खरिद गरेको थियो। तर तीन दशक बित्दा पनि त्यहाँ कुनै कलेज निर्माणको काम अघि बढेको छैन।

स्थानीयका अनुसार सो समयमा किसानले प्रतिकट्ठा करिब १० हजार रुपैयाँमा जग्गा बेचेका थिए। कलेज सञ्चालन भएमा रोजगारी र निःशुल्क अध्ययनको आश्वासन पनि दिइएको बताइन्छ। तर अहिले जग्गा तारजालीले घेरिएको अवस्थामा छ र प्रयोगविहीन भएर झाडीले ढाकिन थालेको छ। स्थानीयले यसलाई “विकासको नाममा गरिएको ठूलो आश्वासन” भन्दै असन्तोष व्यक्त गरेका छन्।

यो विषय निर्वाचनका बेला पटक–पटक उठ्ने गरे पनि कार्यान्वयन भने हुन सकेको छैन। हालसम्म पनि कलेज निर्माणबारे कुनै ठोस काम अगाडि नबढेको स्थानीयको गुनासो छ। अब कलेज नबन्ने हो भने तारबार हटाएर जग्गा प्रयोग गर्न दिने चेतावनीसमेत स्थानीय किसानले दिएका छन्।

Logo