वीरगन्ज नाकाबाट आयात वृद्धि : नौ महिनामै ६ खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज नाकाबाट आयात वृद्धि : नौ महिनामै ६ खर्ब ९४ अर्बको सामान भित्रियो

केन्द्रबिन्दु
24
Shares

वीरगन्ज। वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार यो आयात गत वर्षको सोही अवधिको तुलनामा करिब १३ प्रतिशतले बढी हो, जसले व्यापारिक गतिविधि बढ्दै गएको संकेत गर्छ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार आयात वृद्धिमा मुख्य रूपमा पेट्रोलियम पदार्थ, फलामजन्य सामग्री, भटमासको कच्चा तेल, मेसिनरी तथा इलेक्ट्रिक उपकरणहरूको ठूलो हिस्सा रहेको छ। पेट्रोलियम पदार्थ मात्र नौ महिनामै करिब एक खर्ब ४८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ।

त्यस्तै, फलाम तथा फलामजन्य वस्तु, औद्योगिक मेसिनरी र इलेक्ट्रिक उपकरणहरूको आयातमा पनि उल्लेख्य वृद्धि देखिएको छ। भटमासको कच्चा तेल आयात पनि अघिल्लो वर्षको तुलनामा बढेको भन्सार तथ्यांकले देखाएको छ।

आयात वृद्धिसँगै वीरगन्ज भन्सारले चालु आवको नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यसले मुलुकको आयातमुखी अर्थतन्त्र र वीरगन्ज नाकाको प्रमुख व्यापारिक भूमिकालाई अझ स्पष्ट पारेको छ।

Logo