काठमाडौं । मुलपानी क्रिकेट मैदानमा आजबाट सुरु भएको ‘नेपाल ए एकदिवसीय सिरिज २०२६’ को पहिलो खेलमा ओमानले नेपाल ए सामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २८० रन जोडेको हो।
ओमानको इनिङ्समा मध्यक्रमका ब्याट्सम्यान मुजिबुर अलीले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७२ रनको योगदान दिए । उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यसैगरी ओपनर जतिन्दर सिंहले विष्फोटक सुरुवात गर्दै ४८ बलमा ५८ रन जोडे।
अन्य ब्याट्सम्यानहरूमा हासिर दफेदारले ४६ रन र आशिष ओडेदराले २७ रनको महत्वपूर्ण इनिङ्स खेले।
बलिङतर्फ नेपाल ए का लागि आकाश चन्दले घातक बलिङ गर्दै ४ विकेट लिए । उनलाई साथ दिँदै सन्तोष यादवले २ विकेट हात पारे। यस्तै शहाब आलम, रशिद खान र शेर मल्लले समान १–१ विकेट लिएर ओमानको रन गतिमा अंकुश लगाउने प्रयास गरे।





























प्रतिक्रिया