तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै रहँदा आज मौसम मिश्रित रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल बढ्ने र केही स्थानमा वर्षा हुने सम्भावना छ।

दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली, पहाडमा आंशिक बदली र तराईमा भने मौसम प्रायः सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका हिमाली भेगका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना देखिएको छ।

यता, मधेससहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा उपत्यकामा गर्मी बढ्ने संकेत छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहरको जोखिमसमेत रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

मौसमविद्हरूले वर्षा र चट्याङ्गको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन र अत्यधिक गर्मी हुने स्थानमा आवश्यक सावधानी लिन सुझाव दिएका छन्।

Logo