काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोनाले कठिन जित हात पारेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–० ले पराजित गरेको हो।
बार्सिलोनाको जितमा युवा खेलाडी लामिन यामलले निर्णायक भूमिका खेले। खेलको ४०औँ मिनेटमा उनले पाएको पेनाल्टीलाई सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए, जुन नै अन्तिम निर्णय बन्यो।
सेल्टा भिगोले खेलभर गोल गर्ने केही अवसर बनाए पनि बार्सिलोनाको रक्षापंक्तिलाई तोड्न सकेन।
यो जितसँगै बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोड्दै लिगमा आफ्नो स्थिति मजबुत बनाएको छ।




















