सागर भुसालले गरे जनसेवा सहज बनाउन साझा सचिवालय गठन

सागर भुसालले गरे जनसेवा सहज बनाउन साझा सचिवालय गठन

केन्द्रबिन्दु
27
Shares

पर्वत। प्रतिनिधि सभा सदस्य सागर भुसालले जनतासँगको प्रत्यक्ष समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन साझा सचिवालय गठन गरेका छन्। सचिवालय गठनसँगै उनले नागरिकका गुनासा, समस्या र सुझावलाई प्रत्यक्ष रूपमा सुन्ने तथा समाधानका लागि समन्वय गर्ने उद्देश्य रहेको बताएका छन्।

भुसालले जनताको विश्वासलाई आफ्नो प्रमुख शक्ति भन्दै स्थानीय तहका सचिवालय सदस्यहरूसँग समन्वय गरेर काम गर्न आग्रह गरेका छन्। उनले जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता दोहोर्याउँदै आफ्नो हरेक कदम सेवामा समर्पित रहने बताएका छन्।

Logo