बाजुरा। खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ। ५० वर्षको उमेरमा गएराति उनको निधन भएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित विष्ट टाउकाको क्यान्सरबाट पीडित थिए।
गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार उनी लामो समयदेखि उपचाररत थिए। गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले विष्ट समाजसेवी व्यक्तित्व समेत रहेको उल्लेख गर्दै गाउँपालिकाले एक दिन शोक बिदा दिने र आधा झण्डा झुकाउने जानकारी दिएका छन्।





























प्रतिक्रिया