नगर प्रमुखको तलब-भत्ताबाट ३७ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

नगर प्रमुखको तलब-भत्ताबाट ३७ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

केन्द्रबिन्दु
6
Shares

चितवन। रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम प्रयोग गरी ३७ विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन्।

वडा कार्यालयको सिफारिसका आधारमा छनोट भएका ती अति विपन्न परिवारको बिमा शुल्क प्रमुख सापकोटाले आफ्नो पछिल्लो तीन महिनाको तलब–भत्ताबाट व्यहोरेका हुन्।

यसअघि पनि उनले आफ्नै तलब–भत्ताबाट २०० परिवारको स्वास्थ्य बिमा गरिसकेका थिए। नगरपालिकाले वार्षिक रूपमा हजारौं विपन्न परिवारलाई बिमामा समेट्ने लक्ष्य राखे पनि हाल केही कार्यक्रम रोकिएको जनाइएको छ।

नगरपालिकाले औपचारिक कार्यक्रममा खादा र ‘मायाको चिनो’ नलिने नीति अपनाएको छ। यस्ता खर्चबाट बचत भएको रकम स्वास्थ्य तथा सामाजिक काममा प्रयोग गरिँदै आएको छ।

प्रमुख सापकोटाले स्वास्थ्य र शिक्षा जनताको आधारभूत अधिकार भएको भन्दै विपन्नका लागि थप प्रभावकारी कार्यक्रम ल्याउने बताए।

नगरपालिकाले विपन्न नागरिकका लागि रत्ननगर बकुलहर अस्पतालमार्फत स्वास्थ्य बिमाको सेवा उपलब्ध गराएको छ भने ३० लाख रुपैयाँको स्वास्थ्य उपचार अक्षयकोष पनि सञ्चालनमा छ।

Skip This
Skip This
Logo