सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रतिकात्मक प्रदर्शन

सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रतिकात्मक प्रदर्शन

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णयको विरोधमा युवाहरूले सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रतीकात्मक प्रदर्शन गरेका छन् ।

सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले उक्त कदम लोकतान्त्रिक अभ्यासविरुद्ध भएको आरोप लगाए । उनीहरूले विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउनु समाधान नभई संवाद र सुधारको बाटो अपनाउनुपर्ने माग गरेका छन् ।

प्रदर्शनका क्रममा युवाहरूले कालो बेलुन उडाएर सरकारप्रति असहमति प्रकट गरेका थिए । विरोध कार्यक्रममा सहभागीहरूले विद्यार्थी आवाज दबाउने प्रयास नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

सरकारले हालै सार्वजनिक गरेको निर्णयअनुसार विभिन्न विद्यार्थी संगठन खारेज गर्ने कदम अघि बढाइएको छ, जसलाई लिएर राजनीतिक तथा नागरिक तहमा बहस सुरु भएको छ ।

Skip This
Skip This
Logo